Wednesday, April 30, 2008

एसएलसी नतिजा असारको दोस्रो साता

रासस

मध्यपुर थिमी- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत महिनामा सञ्चालित प्रवेशिका (एसएलसी) परीक्षाको परीक्षाफल आगामी असारको दोस्रो साता प्रकाशन गर्ने भएको छ ।

परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठले जतिसक्दो छिटो एसएलसीको नतिजा प्रकाशित गर्न अहिले मुलुकभरका ४० स्थानमा उत्तरपुस्तिका जाँच गर्ने कार्य तीव्र पारिएको जानकारी दिनुभयो । यस वर्षगत वर्षन्दा छिटो परीक्षा शुरू भएको भए पनि संविधानसभा निर्वाचनका कारण उत्तरपुस्तिका जाँच गर्ने कार्य ढिलो शुरू भएकाले परीक्षाफल असारको दोस्रो सातासम्ममा प्रकाशित गरिसकिने उहाँले बताउनुभयो ।

सो परीक्षामा मुलुकभरबाट नियमित र एक्जाम्टेड गरी कुल ३ लाख ७९ हजार ३ सय ७७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

No comments: