Friday, April 4, 2008

प्रहरी पूर्णरुपमा तयार

काठमांडू- संविधानसभा चुनावमा सुरक्षा दिन प्रहरी पूर्णरुपमा तयार रहेको तथा बुथ क्याप्चर गर्ने कल्पना कसैले नगर्दा हुने प्रहरी महानिरिक्षक ओमबिक्रम राणाले बताएका छन् । 
चैत २८ को संविधानसभा चुनावको सुरक्षा दिन नेपाल प्रहरीले पूर्णरुपमा तयार रहेको बताएको छ । चैत २२ गते प्रहरी प्रधान कार्यलयमा पत्रकार सम्मेलन गर्दै प्रहरी महानिरिक्षक ओमबिक्रम राणाले निर्वाचनमा प्रत्यक्षरुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी १ लाख ३५ हजार सुरक्षाकर्मी खटिने जानकारी दिए । हरेक बुथमा ७ देखि २५ जना सुरक्षाकर्मी परिचालित हुने पनि राणाले स्पष्ट पारे ।
चुनावको सुरक्षाका लागि हवाईगस्ती पनि गरिने राणाले बताए । 'पर्याप्त सुरक्षाकर्मी खटिनेछन्, बुथ क्याप्चर गर्ने कल्पना कसैले नगरे हुन्छ' राणाको भनाइ थियो । ठूला नेताहरुको हत्या हुने जानकारी आफूले नपाएको बताउदै राणाले कसैलाई आफू असुरक्षित भएको लागेमा प्रहरी सुरक्षा दिन तयार रहेको पनि राणाले कार्यक्रममा उल्लेख गरे ।

No comments: