Thursday, April 10, 2008

प्रकाशमान सिंह बिजयी

काठमांडू - काठमाडौं क्षेत्र नं‌ १ बाट नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंह बिजयी भएका छन् ।
उनले कूल १४ हजार ३ सय १८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी ने‌कपा एमालेका प्रदीपकुमार नेपालले ६ हजार ७ सय ७९ मत ल्याएका छन् । त्यसैगरी नेकपा माओवादीका राममान श्रेष्ठले ४ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगले २९ गते विहान परिणामको घोषणा गर्दै सिंहलाइ विजयी प्रमाण-पत्र दिएको छ ।
कूल ५१ हाजार १ सय ७१ मतदाता रहेको सो क्षेत्रमा ५९ % अर्थात् ३० हजार ३ सय २१ मत खसेको थियो । काठमाडौं लगायत देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट मतगणनाको परिणामहरू आउन थालेका छन् ।

No comments: