Thursday, April 24, 2008

नयाँ भारतीय राजदूत आज नेपाल आउने

काठमाडौं- नेपालका लागि नवनियुक्त भारतीय राजदूत राकेश सुध आज आफ्नो कार्यभार सम्हाल्न नेपाल आउँदै हुनुहुन्छ । सुध आज अपराह्न नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । झण्डै चारवर्ष लामो कार्यकाल पूरा गरी नेपालका लागि भारतीय राजदूत शिवशंकर मुखर्जी नयाँ दिल्ली फर्किए लगत्तै आफ्नो कार्यकाल पूरा गर्न सुध राजधानी आउन लाग्नुभएको हो । सन् २००४ को जुलाई ८ मा नेपालका लागि भारतीय राजदूतमा नियुक्त मुखर्जी आफ्नो कार्यकाल पूरा गरी हिजो भारत फकर्नुभएको थियो ।

No comments: