Wednesday, April 23, 2008

लोकतान्त्रिक संविधान अबको एजेन्डा’आज लोकतन्त्र दिवस

काठमाडौं - राजाबाट र्सार्वभौम अधिकार खोसेको दिनका रूपमा बुधबार र्सवसाधारणले दोस्रो ऐतिहासिक लोकतन्त्र दिवस मनाउदै छन् । दुइ वर्षघि जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक सरकारलाई र्सवसाधारणले दिएको प्रमुख अभिभारा संविधानसभा निर्वाचन सम्पन्न भएको छ । मुलुक नया जनमतका साथ नया संविधान बनाउने तरखरमा छ ।
यस अवसरमा सबै राजनीतिक दलले संविधानसभा निर्वाचनलाई महत्त्वपर्ण् उपलब्धिका रूपमा व्याख्या गर्दै 'नया लोकतान्त्रिक संविधान' निर्माणलाई प्राथमिकतामा राखेका छन् । उनीहरूले सहिदहरूप्रति श्रद्घाञ्जलि व्यक्त गर्दै र्सवसाधारणलाई दिवसको शुभकामना पनि दिएका छन् । 'नया संविधान निर्माण नै यतिबेलाको ऐतिहासिक अभिभारा हो । यो अवस्थामा सबैको सम्पर्ण् ध्यान नया संविधान बनाउने काममा केन्द्रित गर्नर्पर्छ,' एमालेका कार्यबाहक महासचिव अमृतकुमार बोहराले भनेका छन् ।

नया संविधान बनाउदा सबै अवसरबाट वञ्चित, शोषण र दमनमा पिल्सिएका, अन्याय र अत्याचारमा परेका जनतालाई माथि उठाउने र श्रमजीवी हकलाई स्थापित गर्ने कुरामा ध्यान दिन उनले आग्रह गरेका छन् ।
एमालेले ध्यान संविधान निर्माणमा लगाएको बताउदै उनले भनेका छन्- 'यसका लागि एमाले राजनीतिक दलहरूबीच विश्वास र सहकार्यको आवश्यकता रहेकोतर्फजोड दिन चाहन्छ ।' उनले भनेका छन्, 'दिवसले सबैलाई साचो अर्थमा लोकतान्त्रिक बन्न र व्यावहारिक रूपमै अगाडि बढाउन प्रेरणा देओस् भन्ने आग्रह गर्दछु ।'
कांग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले सहिदहरूप्रति श्रद्घाञ्जलि र र्सवसाधारणलाई दिवसको शुभकामना व्यक्त गर्दै संविधानसभा निर्वाचन सफलतापर्वक सम्पन्न भएपछि मुलुक परिवर्तित परिस्थितिबाट अगाडि बढ्ने क्रममा रहेको जनाएका छन् ।
'संविधानसभा निर्वाचन एउटा महत्त्वपर्ण् उपलब्धि हो । यसबाट प्राप्त परिणामपश्चात् लोकतान्त्रिक संविधानको निर्माण गरिनु अर्को महत्त्वपर्ण् चुनौतीको हो,' उनले विज्ञप्तिमा भनेका छन् ।
कोइरालाले परिवर्तित अवस्थामा पनि नागरिक भय र त्रासको वातावरणमा रहनुपर्ने स्थिति कायम हुनु सुखद नभएको उल्लेख गर्दै भनेका छन् 'यसतर्फसम्बन्धित पक्ष यथाशीघ्र गम्भीरतापर्वक सजग रहनु आवश्यक छ ।' उनले आगामी दिनलाई सहज र सफल बनाई लोकतान्त्रिक संविधान निर्माणमा क्रियाशील हुन आग्रह गरेका छन् ।
पर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहिदहरूप्रति श्रद्घाञ्जलि व्यक्त गर्दै र्सवसाधारणलाई शुभकामना दिएका छन् ।

No comments: