Friday, April 18, 2008

लोकतन्त्र दिवस ३ दिन मनाइने

काठमाडौं- प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा दोस्रो लोकतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।

वैशाख १०, ११ र १२ गते मुलुकभर भव्यरूपमा लोकतन्त्र दिवस मनाउन राजधानीमा मूल समारोह समिति गठन गरिएको छ भने जिल्ला तथा विदेशस्थित नेपाली नियोगहरूमा समेत तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरिने गृहसचिव उमेश मैनालीले जानकारी दिनुभयो । मूल समारोह समितिमा मन्त्रीहरू, पूर्वप्रधानमन्त्री, पूर्वप्रधान न्यायाधीश, संवैधानिक निकायका पदाधिकारीहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, प्रहरी, जंगी तथा संस्थानका कर्मचारी, प्राध्यापक, शिक्षक, राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्तिहरूलाई समेटिएको छ ।

तीन दिनसम्म मनाइने लोकतन्त्र दिवसको पहिलो दिन सञ्चारमाध्यमबाट विभिन्न कार्यक्रमको आयोजना, ११ गते सैनिक मञ्च टुँडिखेलमा एक विशेष कार्यक्रमको आयोजना र १२ गते साँझ मुलुकभर दीपावली गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।

No comments: