Monday, April 7, 2008

पत्रकार धमला घाइते

रासस
नेपालगन्ज - शनिबार राति होटलमा भएको आगलागीमा निसास्सिएर बेहोस भएका रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको स्वास्थ्यमा केही सुधार भएको छ । नेपालगन्ज न्युरोडस्थित सिर्द्धार्थ होटलमा आगलागी हुदा उनी र पत्रकार दीपेन्द्रराज पौडेल बेहोस भएका थिए । दुवैलाई भेरी अञ्चल अस्पतालमा भर्ना गरी धमलालाई बेहोस अवस्थामै गृह मन्त्रालयको पहलमा आइतबार हेलिकप्टरबाट काठमाडौं लग्ने प्रयास खराब मौसमका कारण सफल हुन नसकेपछि उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । पौडेलको अवस्था सामान्य रहेको र धमलाको स्वास्थ्य सुधारोन्मुख भए पनि खतरामुक्त हुन नसकेको अस्पतालले जनाएको छ ।

No comments: