Tuesday, April 22, 2008

माओवादी सचिवाल बैठक सुरु

काठमांडू- पार्टीको रणनीति बनाउन माओवादीको १२ सदस्यीय सचिवालयको बैठक सुरु भएको छ ।
संविधानसभा चुनावबाट मुलुकको सबैभन्दा ठूलो पार्टी बनेको माओवादी सचिवालय बैठक सुरु भएको छ । चुनावपछि माओवादीको सबैभन्दा माथिल्लो निकायको बैठक बसेको यो पहिलो पटक हो । बैशाख १० गते बिहान प्रचण्ड निवास बालुवाटारमा सुरु बैठकमा प्रचण्डसहित सचिवालयका सबै १२ सदस्य उपस्थित छन् । बैठकले माओवादीको रणनीति तयार गर्ने बताइएको छ ।
बैठक सुरु हुनुअघि प्रचण्डले निवासमा एमाले स्थायी समिति सदस्य झलनाथ खनालसँग भेटेका थिए । एक घण्टा लामो भेटपछि एमाले नेता खनालले प्रचण्डले आफूसँग आगामी सरकारमा एमाले सामेल हुनुपर्ने बताएको संचारकर्मीहरुलाई जानकारी दिए । 'सरकारमा जाने वातावरण बनाउनुस्, १५ गते हुने पार्टी केन्द्रीय कमिटी बैठकले त्यसबारे निर्णय गर्छ भनेर मैले भने' खनालले बताए ।

No comments: