Friday, April 4, 2008

पर्यटक १७ प्रतिशतले बढे

काठमाडौं- स्थिर राजनीतिक वातावरणका कारण नेपालप्रति विदेशीहरूको आत्म विश्वास बढेसगै यहा आउने पर्यटक उल्लेख्य बढेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार फागुन/चैत -मार्च) महिनामा गत वर्षो सोही अवधिभन्दा १७ प्रतिशतले पर्यटक बढेका छन् ।
यो महिना हवाई मार्ग भएर ४० हजार ३२ पर्यटक नेपाल आएका छन् । गतवर्षयो संख्या ३४ हजार १ सय २२ थियो । यो महिना विशेष गरी युरोप, अमेरिका र अस्ट्रेलियाली पर्यटकको संख्या उत्साहजनक रहेको पर्यटन बोर्डले जनाएको छ ।
केही अघिसम्म लगातार घटिरहेकोमा यो महिना भारतीय पाहुनासमेत बढेका छन् । लामो समयसम्मको गिरावटपछि यो महिना भारतीय पर्यटक संख्या गतवर्षो त्यसै अवधिभन्दा ९ प्रतिशतले बढेर ७ हजार ३ सय ७१ पुगेको छ ।
युरोपबाट गतवर्षन्दा २९ प्रतिशतले बढेर यो महिना १४ हजार ८ सय ८५ पर्यटक आएका छन् । यो कुल पर्यटकको ३७ प्रतिशत हो । युरोपमा पनि सबैभन्दा बढी बेलायतबाट ४ हजार १ सय १३ पाहुना आएका हुन् । यो गतवर्षन्दा २७ प्रतिशतले बढी हो । त्यसैगरी जर्मनी र फ्रांस बाट पनि २ हजार ५ सय २ र २ हजार १ सय ८१ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यो महिना अमेरिकी पर्यटक गतवर्षो सोही महिनाभन्दा ३६ प्रतिशतले बढेर ३ हजार ९ सय ४६ पुगेका छन् । गतवर्ष२ हजार ९ सय ३ अमेरिकी मात्र नेपाल आएका थिए । क्यानडाबाट पनि यो महिना गतवर्षो भन्दा ४२ प्रतिशतले पाहुना बढेका छन् । गतवर्ष२ हजार १ सय ८६ पाहुना क्यानडाबाट आएकोमा यसपाला ३ हजार १ सय ३ जना आएका छन् ।
यो वृद्धिस“गै सन् २००८ को पहिलो तीन महिनामा हवाई मार्ग भएर नेपाल आउने पर्यटकको संख्या ९६ हजार १ सय ३७ पुगेको छ । गतवर्षो ८२ हजार ८ सय ५७ भन्दा यो १६ प्रतिशतले बढी हो ।
विगत केही महिनादेखि सुधारतर्फउन्मुख आतिथ्य सत्कार उद्योगका लागि युरोप र अमेरिकी पर्यटकको आगमनले उत्साह थपेको पर्यटन बोर्ेडले जनाएको छ । हवाई सर्म्पर्कका कारण वृद्धि सम्भव भएको ठहर बोर्डको छ ।
नेपाल वायु सेवा निगमको उडान नियमति हुन नसक्दा जापान, मलेसिया, थाइल्यान्डजस्ता मुलुकबाट आउने पर्यटक भने घटेका छन् ।

No comments: