Tuesday, April 22, 2008

'संयुक्त सरकार नै बन्नु पर्छ'

काठमांडू- अब बन्ने सरकार पनि संयुक्त सरकार नै हुने तथा सहकार्यको मान्यताभन्दा कुनै दल दायाँ बायाँ लाग्न नपाउने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले अब बन्ने सरकार पनि संयुक्त सरकारको मान्यता अनुसार अघि बढ्ने तथा कुनै दलले सहकार्यको मान्यताभन्दा दायाँ/बायाँ गर्न नमिल्ने बताएका छन् । नबिल बैंक र फ्रेन्डस अफ बागमतीले राजधानीमा उपत्यकाका तीन जिल्लाबाट चुनाव जितेका संविधानसभासदहरुको स्वागतमा बैशाख ९ गते आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले जनताले माओवादीलाई ठूलो तथा अन्य दललाई पनि सानो भारी बोकाएको दावी गरे । प्रचण्डले दुई चार सीट बढी जित्दैमा कुनै दलले हौसिन नहुने तथा दुई चार सीट कम जित्दैमा कुनै दल आत्तिन नहुने पनि उल्लेख गरे ।
कार्यक्रमका प्रमूख वक्ता प्रचण्डले शान्तिप्रक्रियाको सबैभन्दा संवेदनशिल प्रश्न सेना समायोजन भएको तथा अब बन्ने सरकारले सेना समायोजन सम्पन्न गर्ने बताए । शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याएर नेपाली जनताले बिश्वलाई नयाँ सन्देश दिने पनि कार्यक्रममा प्रचण्डले दावी गरे । अबको काम राजतन्त्र र त्यसको अवशेषको अन्त्य हुने पनि कार्यक्रममा प्रचण्डको भनाइ थियो ।

No comments: