Sunday, April 6, 2008

सीडीएमए मोबाइल पचहत्तरै जिल्लामा

काठमाडौं - नेपाल टेलिकमले सीडीएमए मोबाइललाई शनिबारदेखि ७५ वटै जिल्लामा पुर्याएको छ । शुक्रबारसम्म मोबाइल टेलिफोन सञ्चालन हुन बाँकी रहेका कर्णाली अञ्चलको हुम्ला र डोल्पामा शनिबारबाट सीडीएमए मोबाइल चलेपछि यसको पहुँच ७५ वटै जिल्लामा पुगेको हो ।
सीडीएमए मोबाइललाई २०६२ माघ २३ गतेबाट सञ्चालनमा ल्याएको टेलिकमले दुइ वर्षदुइ महिनाको अवधिमा सेवालाई देशभरि पुर्याउन सकेको हो । दुइ वर्षा हामी ७५ जिल्ला पुग्न सक्यौं, अबको तीन वर्षभत्र ३ हजार ९ सय १२ वटै गाविसमा सेवा सञ्चालन गर्ने लक्ष्यसाथ टेलिकम अघि बढेको छ’ -टेलिकमको सीडीएमए निर्देशनालयका निर्देशक अमरनाथ सिंहले भन्नुभयो । ७५ जिल्लामा सेवा पुगे पनि यसको पहुँच २ हजार २ सय गाविसमा मात्र रहेको छ।

No comments: