Sunday, April 20, 2008

असारभित्र कामदार कोरिया जाने

काठमाडौं - सरकारले असार मसान्तभित्र कोरियामा कामदार पठाउने भएको छ । श्रम मन्त्रालयले कोरियाली भाषा परीक्षा उत्तर्ण भएकामध्ये केही व्यक्तिलाई असारभित्रै कोरिया पठाउने
जनाएको छ ।
कोरियाली भाषा परीक्षामा ६ हजार ७ सय ७२ जना उत्तीण भएका छन् । परीक्षा ३१ हजार ५ सय २५ ले दिएका थिए । सरकारले सुरुमा ४० प्रतिशत अंक ल्याउने परीक्षार्थी उत्तर्ण् हुने, पछि ६० अंक ल्याउने र परीक्षा हुनुपर्ूव ६ हजारमात्र उत्तर्ण् हुने बताएको थियो ।
श्रम सचिव श्यामप्रसाद मैनालीले परीक्षामा सफल सम्पूण् आवेदकलाई छिट्टै स्वास्थ्य परीक्षणका लागि बोलाउने जानकारी दिए । स्वास्थ्य परीक्षा सफल भएकाको सूची (रोस्टर) कोरिया पठाइने र रोजगारदाताले छनोट गरेका व्यक्तिले क्रमशः कोरिया जान पाउने सचिव मैनालीले बताए ।
सरकारले छिट्टै स्वास्थ्य परीक्षण गर्ने निकाय तोक्नेछ, आइतबार आयोजित पत्रकार सम्मेलनमा मैनालीले भने- वीर, शिक्षण, पाटन अस्पताल र केन्द्रीय प्रयोगशालालाई स्वास्थ्य परीक्षण गर्न तोक्ने तयारी भइरहेको छ ।
'कोरिया पुगेपछि पुनः स्वास्थ्य परीक्षण गर्दा अनुत्तर्ण् भए र्फकनु पर्नेछ,' उनले भने- परीक्षण भरपर्दो बनाउन अनुत्तर् भई स्वदेश र्फकनेलाई करिब ६५ हजार रुपैया स्वास्थ्य परीक्षण गर्ने संस्थाले तिर्नुपर्नेर् व्यवस्था गरिएको छ ।'
निर्धारित ढाचाअनुसार स्वास्थ्य परीक्षणमा उत्तर्ण् व्यक्तिको उमेर १८ वर्षपूरा भई ३९ वर्षननाघेको, दक्षिण कोरियामा अवैध बसोबास नगरेको र प्रतिबन्ध नलगाएको, सरकारले विदेश जान प्रतिबन्ध नलगाएको र आपराधिक क्रियाकलापमा संलग्न नभएको व्यक्ति हुनुपर्नेछ ।
रोजगारीका लागि कोरिया जाने खर्च कामदारले एकैचोटी तिर्नुपर्ने छैन । कोरिया जाने क्रममा पूरा गर्नुपर्ने हरेक चरणमा छुट्टा छुट्टै रकम तिर्ने व्यवस्था गरिएको छ । सरकारले कोरिया जाने कामदारले ९ सय ७० अमेरिकी डलर -करिब ६४ हजार रुपैया“) शुल्क निर्धारण गरेको छ ।
यसमध्ये भाषा परीक्षाका लागि १७ डलर, स्वास्थ्य परीक्षणका लागि ५५.६४ डलर, निवेदन ५, राहदानी ७९.४९, भिसा शुल्क ६३.५९, पर्ूव तालिम ७०, हवाई भाडा ५५०, विमानस्थल कर १८, बिमा ५५.६४, कल्याणकारी कोष ९.७५, प्रशासनिक खर्च ४६.२० डलर निर्धारण गरिएको छ ।
कोरियामा रोजगारी भिसा लागिसकेपछि मात्र पर्व तालिम लिनुपर्नेछ । सम्पर्ण् प्रक्रिया पूरा भए पनि सरकारले रोजगारीको प्रत्याभूति नदिने जनाएको छ । यो प्रक्रियाको म्याद १ वर्षम्म मात्र कायम रहनेछ । कोरिया पठाउने नाममा ठगी भइरहेको सुन्नमा आएकाले सरकारद्वारा तोकिएको निकायलाई मात्र रकम बुझाउन मैनालीले आग्रह गरे ।
परिणामप्रति शंका
कोरियाली भाषा परीक्षा परिणाम शंकास्पद भएको परीक्षार्थीहरूले गुनासो गरेका छन् । रोजगार अनुमति प्रणाली अर्न्तर्गत कोरिया जाने कामदारको परिणाम शुक्रबार प्रकाशित भएको थियो । परीक्षार्थीले आफूले प्राप्त गरेको अंक र्सार्वजनिक गर्न माग गरेका छन् ।
सरकारले पनि उत्तर्ीण्ा गर्नेले ल्याउनुपर्ने अंकको बारेमा सधैं फरक-फरक कुरा बताउ“दै आएको थियो ।
परीक्षार्थीले र्फम भरिसकेपछि मात्र सरकारले ६ हजार व्यक्तिमात्र उत्तर्ीण्ा हुने घोषणा गरेको थियो । तर अहिले ६ हजार ७ सय ७२ जना उत्तर्ीण्ा भएका छन् । मैनालीले कोरियाले भाषा परीक्षामा सहभागीले प्राप्त गरेको अंक र्सार्वजनिक गर्ने नियम नभएको बताए । करिब २४ हजार विद्यार्थी अनुत्तर्ीण्ा भए पनि कसले कति अंक ल्याए भन्ने निश्चित छैन ।

No comments: