Monday, April 14, 2008

मधेशी जनअधिकार फोरम तराईमा अग्रसर

तराईका कतिपय ठाउँमा अन्य तराईवादी पार्टीले पनि राम्रो प्रदर्शन गरेका छन्

संविधानसभा चुनावको घोषित नतिजाले मधेशी जनअधिकार फोरम तराइमा अपेक्षित सफलतातर्फ अग्रसर देखिएको छ । कतिपय ठाउँमा तराइ मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीले पनि राम्रो प्रदर्शन गरेका छन् । पूर्वको झापादेखि पश्चिमको बाँके सम्म उल्लेख्य संख्यामा फोरमका उम्मेदवारहरुले जितेका छन् । त्यसले गर्दा फोरम राष्ट्रिय दलको रुपमा स्थापित भएको छ । संगठनलाइ व्यवस्थित र चुनावी तालमेल समेत गर्न नसकेको तराईका दलहरुले अनपेक्षित रुपमा सफलता प्राप्त गरेको बताइन्छ ।

फरक धारणाहरु
तराईका दलहरुले पाएका सफलता बारे फरक फरक धारणाहरु व्यक्त गरिंदैछ । प्राध्यापक परमेश्वर कापडीले संविधानसभाबाट संघीयता सुनिश्चित हुने भएकोले तराइमा फोरम लगायतका दलहरुले सफलता पाएको बताएका छन् । तर अर्का प्राध्यापक विजय दत्तले नेपाली काँग्रेस र नेकपा एमाले जस्ता दलहरुले मधेशका जनताले चाहेको परिवर्तनलाइ आत्मसात गर्न नसक्नु नै तराइका दलहरुको सफलताको प्रमुख कारण भएको जनाएका छन् ।
काठमाण्डूबाट पराजित नेकपा एमाले महासचिव माधवकुमार नेपाल रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर छबाट पराजीत भएका छन् । उनलाई माओवादी उम्मेदवार देवेन्द्र पटेलले हराएका हुन् । रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर एकबाट प्रहरीको खोजि सूचीमा रहेका ववन सिंहले चुनाव जितेका छन् ।
मतगणना जारी रहँदा अहिलेसम्म स्वतन्त्र रुपमा चुनाव जित्ने उनी एकमात्र उम्मेदवार हुन् । वारेस मार्फत मनोनयन पत्र दाखिला गरेका सिंह काठमाण्डू बम काण्डका आरोपित हुन् ।

No comments: