Monday, April 7, 2008

राजा ज्ञानी भए काम गर्न पाउँछन् : प्रचण्ड

काठमाडौँ - राजा ज्ञानेन्द्र ज्ञानी भएर बसे बिजनेस गर्न दिने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । संविधानसभाको चुनावमा राजाबाट हुनसक्ने केही चलखेलबारेको प्रश्नमा प्रचण्डले राजाले त्यस्तो केही गर्न नसक्ने, गरेमा एक दिनमै खरानी हुने बताउँदै चुप बसे साधारण नागरिकसरह व्यापार गर्न पाउने बताउनुभयो । नेपाल एफएमसँगको बिहानको कुराकानी कार्यक्रममा बोल्दै प्रचण्डले राजसंस्थाको अन्त्यको लालमोहोर संविधानसभा नतिजाले लगाउने बताए। प्रचण्डले वाईसीएल अहिले संयमित भएको तर यसैलाई कमजोरी ठानिएमा सह्या नहुने पनि बताए।

No comments: