Thursday, April 17, 2008

प्रत्यक्षतर्फो मतगणना अन्तिम चरणमा

काठमाडौं- गत बिहीबार सम्पन्न संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फो मतगणना अन्तिम चरणमा पुगेको छ ।

समानुपातिकमा माओवादीको अग्रता कायमैएमाले र कांग्रेसपछि फोरमनिर्वाचन स्थगित भएका १ सय ६ मतदान केन्द्रअर्न्तर्गतका २१ र सुर्खेतको निवर्चन क्षेत्र नं. १ गरी २२ निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रको मत परिणाम अन्तिम चरणमा पुगेको छ । मंगलबार मध्यरातिसम्मको मत परिणामलाई हेदा नेकपा (माओवादी) ले १ सय १८ स्थानमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ३३ स्थानमा र नेकपा (एमाले) ले ३० स्थानमा जितेको छ ।

विभिन्न कारणले चुनाव स्थगित भएका प्रत्यक्षतर्फ२२ क्षेत्रका परिणाम आउन बाँकी रहेको छ । समानुपातिक निवर्चन प्रणालीअर्न्तर्गत भएको निर्वाचनमा नेकपा (माओवादी) ले अग्रता लिँदै गएको छ भने प्रमुख तीन दल माओवादी, एमाले र कांग्रेसपछिको चौथो शक्तिका रूपमा मधेसी जनअधिकार फोरम स्थापित हुने देखिएको छ । तर्राईमा केन्द्रित पछिल्लो पटक स्थापित सो पार्टी प्रत्यक्ष निवर्चनमा जस्तै समानुपातिक निर्वाचनप्रणालीमा पनि आफूलाई चौथो शक्तिको रूपमा उभ्याएको छ ।

फोरमले समानुपातिक निवर्चनप्रणालीमा १ सय ५ जनाको नाम समावेश गरी बन्दसूची बुझाएको थियो । आयोगबाट प्राप्त पछिल्लो विवरणअनुसार नेकपा (माओवादी) ले समानुपातिक निवचनप्रणालीमा पनि अग्रता लिँदै ६ लाख ७४ हजार ४ सय ९९ मत प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेकपा -एमाले) ले ५ लाख ३ हजार ३ सय ९५ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने नेपाली कांग्रेसले ४ लाख ८५ हजार ३ सय ६९ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ।

पहिलो हुने निर्वाचित हुने निवर्ँचनप्रणालीमा नेपाली कांग्रेसले नेकपा (एमाले) लाई उछिन्दै दोस्रो स्थान कायम राख्ने अवस्थामा भए पनि प्रत्यक्ष निर्वाचनप्रणालीमा भने नेपाली कांग्रेस एमालेभन्दा पछि पर्ने देखिएको छ। विगतका निर्वाचनमा सिट संख्यामा धेरै जितेर पनि नेपाली कांग्रेसले एमालेभन्दा कम मत ल्याएको थियो। २०५६ सालमा भएको संसदीय निर्वाचनमा पनि नेपाली कांग्रेसले एमालेभन्दा झन्डै २ लाख कम मत ल्याएको थियो।नेपाली कांग्रेस र नेकपा (एमाले) पछि तेस्रो शक्तिका रूपमा स्थापित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले चौथो शक्तिको रूपमा रहेको छ भने राप्रपाबाट विभाजित भई राजानिकट राजनीतिक दलको रूपमा आफनो पहिचान बनाएको राप्रपा नेपाल सातौं स्थानमा देखिएको छ। मंगलबार साँझसम्म प्राप्त विवरण भनी निवर्ँचन आयोगद्वारा जानकारी गराएअनुसार राप्रपाबाटै विभाजित भएर बनेको राष्ट्रिय जनशक्ति पार्टर्ीी३औं स्थानमा रहेको छ।प्रत्यक्ष निर्वाचनमा पाँचौं शक्तिका रूपमा तर्राई केन्द्रित अर्को राजनीतिक दल तर्राई मधेस लोकतान्त्रिक पार्टी आफनो पहिचान बनाउने अवस्थामा देखिएको भए पनि समानुपातिक निर्वाचनप्रणालीमा सो दल नवौं स्थानमा देखिएको छ। समानुपातिक निवर्ँचन प्रणालीअर्न्तर्गत प्राप्त मतका आधारमा राप्रपापछिको स्थानमा नेकपा (माले) ले आफनो स्थान बनाएको छ।संविधानसभा निर्वाचनका लागि निवर्ँचन आयोगले तय गरेका कुल १ करोड ७६ लाख ११ हजार ८ सय ३९ मतदातामध्ये करिब ६० प्रतिशतले मतदानमा सहभागिता जनाएको निर्वाचन आयोगले यसअघि नै प्रारम्भिक प्रतिवेदन र्सार्वजनिक गरेको छ। मंगलबार बेलुकासम्ममा करिब ३० लाख मतदाताको प्रत्यक्ष निर्वाचनमा गरिएको मतदानको गणना गरिएको छ।

No comments: