Sunday, April 20, 2008

राजाले छोडे सांस्कृतिक अधिकार र भत्ताँ

काठमाडौं - माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले राजा सम्मानपूवक बाहिरिए सांस्कृतिक अधिकार दिइने बताउनुभएको छ। शनिबार कान्तिपुर टेलिभिजनलाई दिनुभएको एक अन्तर्वार्तामा डा. भट्टर्राईले राजा हटिदिए भत्ताको व्यवस्थासमेत हुन सक्ने बताउनुभएको छ ।
तर कस्तो सांस्कृतिक अधिकार र कतिन्जेलसम्मलाई भत्ता भन्ने प्रसंग भने स्पष्ट रूपमा खुलाउनुभएन । यसअघि राजाप्रति कडा आलोचक देखिँदै आएको माओवादीले राजालाई सम्बोधन गर्दा आदरार्थी शब्द प्रयोग नगरेको पाइए पनि डा। भट्टर्राईले शनिबारको अन्तर्वार्तामा आदरार्थी शब्द उहाँ प्रयोग गर्नुभएको थियो ।
राजालाई विस्थापित गर्न विभिन्न कूटनीतिक नियोग र दरबारियासँगसमेत कुरा गर्न थालेको माओवादीको पछिल्लो भनाइले के संकेत गर्न खोजेको हो भन्ने कुरा स्पष्ट भएको छैन । राजाको सांस्कृतिक अधिकारसम्बन्धी विषयले बृहत् अर्थ राख्ने गर्दै आएको छ । यसअघि राजा सांस्कृतिक रूपमा सहभागी हुँदै आउनुभएका कार्यक्रम कटौती गरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहभागी हुँदै आउनुभएको अवस्था रहेको छ ।

No comments: