Wednesday, April 23, 2008

मनाङमा पर्यटक दोब्बर

चामे -मनाङ - अन्नपूर्ण चक्रीय पदमार्ग यात्राको क्रममा मनाङ आउने पर्यटकको संख्या अघिल्लो वर्षो तुलनामा दोब्बर बढेको छ । यस वर्ष पर्यटकको संख्या १७ हजार नाघेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक वसन्त कुवरका अनुसार अघिल्लो वर्षकरिब ८ हजार पर्यटक आएका थिए । पदमार्गमा आएका पर्यटकको प्रहरीले कोतोमा अभिलेख राख्ने गरेको छ । ताल गाउ, धारापानी, बगरछाप, चामे, पिसाङ, हुम्दे र भ्राकालगायत ठाउका होटेल यतिखेर पर्यटकले खचाखच छ । जिल्लामा साना र ठूलो गरि २ सय ३५ होटेल छन् ।
मुलुकमा शान्ति स्थापना भएको हुनाले पर्यटकको संख्या बढेको हुनसक्ने जिविसका पूवसभापति तथा पर्यटन व्यवसायी फुञ्चोप्रसाद गुरुङले बताए । 'युद्धकालमा पर्यटन व्यवसाय निकै सिथिल भएको थियो,' उनले भने- 'अहिले सुध्रिन्छ भन्ने आशा पलाएको छ ।'

No comments: