Monday, April 7, 2008

सोल्टीमा कडा सुरक्षा

काठमाडौँ - संविधानसभाको निर्वाचनको पर्यवेक्षण गर्न अमेरिकी पूवराष्ट्रपति जिमी कार्टर आज राजधानी आउँदै हुनुहुन्छ । आज दिउँसो कार्टर नेपाल भ्रमणमा आउने भए पनि बिहानैदेखि विमानस्थल र कार्टर बस्ने पाँचतारे होटेल सोल्टीमा विशेष सुरक्षा प्रवन्ध मिलाइएको छ ।

सोल्टी होटेल मेन गेटमा प्रत्येक गाडीलाई आज बिहानैदेखि सुरक्षा जाँच गरेर मात्रै छिराइएको छ । त्यसैगरी आजै बेलायती सांसदको २८ सदस्यीय टोली पनि निर्वाचन पर्यवेक्षणका लागि आउने भएको छ । बेलायती सांसद मार्क्स लाम कस्टको नेतृत्वमा आउन लागेको सो टोलीले आजै प्रधानमन्त्रीसँग भेटघाट गर्ने बताइएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज बेलुकी ५ बजे बालुवाटारमा सबै विदेशी पर्यवेक्षक टोलीसँग भेटघाट गरी चियापान गर्नुहुने भएको छ ।

No comments: