Friday, April 18, 2008

सुन तोलामा ४ सय १२ बढ्यो

काठमाडौं - स्थानीय बजारमा बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला मूल्य ४ सय १२ रुपैया बढेको छ । अन्तर्रराट्रय मूल्य पछ्याउदै सुनको भाउ प्रतितोला २३ हजार २ सय ११ (प्रतिदस ग्राम १९ हजार ९ सय) रुपैया“ पुगेको नेपाल सुनचादी व्यवसायी संघले जनाएको छ । बुधबार प्रतितोला सुनको मूल्य २२ हजार ७ सय ९९ (प्रतिदस ग्राम १९ हजार ५ सय ४७) रुपैया थियो ।
संघका अध्यक्ष तेजरत्न शाक्यले भने- 'अन्तर्रर्ट्रय बजारमा तेलको मूल्य बढेको र अमेरिकी डलर कमजोर भएकाले सुनको माग बढेको हो ।' भेनेजुएलाले अन्तर्रर्ट्रय मुद्रा कोषले बेच्ने भनेको सुन खरिद गर्ने इच्छा देखाएकाले पनि मूल्य बढोत्तरीमा सहयोग पुगेको हो । दुइ साताअघि कोषले आफ्नो मौज्दातको १० प्रतिशत सुन बेच्ने निर्ण्र्गरेपछि भाउ ओरालो लागेको थियो ।
'कोषको निर्णय हिर आएपछि स्थानीय बजारमा प्रतितोला सुनको मूल्य २१ हजार ७ सय ५० रुपैयासम्म पुग्यो,' शाक्यले भने- 'भेनेजुएलाले कोषले बेच्ने सबै सुन खरिद गर्न इच्छा देखाएपछि सुनको मूल्य फेरि उकालो लागेको छ ।' अन्तर्रर्ट्रय बजारमा बुधबार प्रतिऔंस सुनको मूल्य ९ सय २५ डलर रहेकोमा बिहीबार प्रतिऔंस २० डलर बढेर कारोबार भएको छ ।
स्थानीय बजारमा डेढ महिनाअघि प्रतितोला सुनको मूल्य २५ हजार रुपैया सम्म पुगेको थियो ।
शाक्यले स्थानीय सेयर बजारमा मंगलबार र बुधबार आएको तीव्र गिरावटका कारण स्थानीय सुनबजारमा सामान्य माग बढेको बताए । 'अन्तर्रर्ट्रय बजारमा जस्तो स्थानीय सुन बजार सेयर बजारबाट खासै प्रभावित हुदैन्,' शाक्यले भने- 'अहिले स्थानीय सेयर बजारबाट सुन बजार १० प्रतिशतले मात्र प्रभावित भएको छ । जसको कारण सुनको माग सामान्य बढेको छ ।'
अन्तर्रर्ट्रय बजारमा अन्य क्षेत्रमा लगानीको वातावरण अनुकूल नभएकाले भरपर्दो लगानीका रूपमा सुनतर्फ आकर्षा बढेको छ । अरू मुद्रा प्रयोगकर्ताका लागि अमेरिकी डलरमा कारोबार हुने सुन सस्तो पर्ने हदा पनि यसको माग बढेको हो ।

No comments: