Tuesday, April 8, 2008

स्थिति भयमुक्त भयोः गृह

काठमांडू - मौन अवधि शुरू भएको पहिलो दिनदेखि नै भयमुक्त वातावरण बन्न थालेको दाबी गृह मन्त्रालयले गरेको छ । शान्ति सुरक्षाको पर्याप्त व्यवस्था मिलाइएकोले मतदाताहरू भयमुक्त बन्दै गएको गृह मन्त्रालयले बताएको छ ।

नियमित पत्रकार सम्मेलनमा २६ गते गृह सचिव उमेश प्रसाद मैनालीले प्रचार प्रसारको अन्तिम दिन देशका केही ठाउँका छिटफूट घटना घटेपनि स्थिति सामान्य बन्दै गएको प्रष्ट पारे । मन्त्रालयले सबै मतदानकेन्द्रमा कर्मचारीहरू पुगिसकेको बताएको छ । २६ गते धादिङमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएकोले केहीबेर कर्फ्यू लगाइएको र स्थिति सामान्य भएपछि हटाइएको जानकारी पत्रकार सम्मेलनमा दिइयो । त्यहाँ २० जना शसस्त्र प्रहरीको हवाइ गस्ती पठाइएको छ । उता सिन्धुलीमा राप्रपाका एकजना उम्मेदवार धन ब. घिसिङका छोरा मुनाल घिसिङलाई अज्ञात समुहले हतियार प्रहार गरी घाइते बनाएकोले उपचारको लागि हेलिकोप्टरबाट राजधानी ल्याइएको गृहले जनाएको छ ।
सूचना: यो समाचार/ लेख/ अन्तर्वार्ता प्रशारण वा प्रकाशन गर्दा हिमालखबर डट कमलाई उदृत गर्न अनुरोध छ ।

No comments: