Saturday, March 1, 2008

तर्राईमा खुसीयाली/दुहवीमा कर्फर्यु, वीरगन्ज अशान्त

काठमाडौँ - सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच हिजो आठबुँदे सम्झौता भएपछि १६ दिनदेखि बन्द तर्राई आज बिहानबाट खुलेको छ । मोर्चाले बन्द फिर्ता लिई आज मधेसका जिल्ला सदरमुकाममा विजय र्यालीको आयोजना गरेको छ । आज इटहरी-विराटनगर सडक खण्डबाहेक अन्य सबै ठाउँमा यातायात सुचारु बनेको छ भने बजार र शैक्षिक संस्था खुलेका छन् ।

सुनसरीको दुहवीमा भने आज बिहान ९ बजेदेखि पुनः कर्फर्यु लगाइएको छ । कर्फर्युका बेला आन्दोलनमा मर्नेका आफन्त एवम् परिवारले प्रदर्शन गर्न थालेपछि दुहवीमा ९ बजेदेखि कर्फर्यु जारी गरिएको छ त्यस्तै आज मोर्चाका कार्यकर्ताले विराटनगर, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, वीरगन्ज, कलैयालगायतका क्षेत्रमा खुसीयाली मनाउँदै विजय जुलुस निकाल्ने तयारी गरिरहेको छन्। सरकारसँग हिजो भएको आठबुँदे सहमतिको स्वागत गर्दै मध्य र पूर्वी एवम् पश्चिम तर्राईमा खुसीयाली मनाइएको छ । तर वीरगन्जमा भने बिहान मधेसी जनअधिकार फोरमबाट टुक्रेको भाग्यनाथ गुप्ता समूहले बजार बन्द आवान गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेपछि ठाउँ-ठाउँमा प्रहरीसँग झडप भयो । आज ११ बजे मधेसी मोर्चाले निकाल्ने विजय जुलुसमा हस्तक्षेप गर्ने चेतावनीसमेत सो समूहले दिएपछि वीरगन्जमा व्यापक सुरक्षाकर्मी परिचालित गरिएको छ ।

आज नेपालगन्ज, भैरहवा, बुटवल, नवलपरासीलगायतका स्थानमा पनि विजय जुलुस निस्केको छ । पूवको झापा, इलाम, पाँचथरलगायतका क्षेत्रमा पनि आज सवारीसाधन चलेका छन्।

No comments: