Thursday, March 20, 2008

श्रीमती जिताउन बाबुरामको कसरत

काठमाडौँ - आफनी श्रीमती हिसिला यमीलाई जिताउन माओवादी नेता डा. बाबुराम भट्टर्राई कस्सिएर लागेका छन् । मन्त्री यमी पनि आफनो जितलाई सुनिश्चित बनाउन टोल-टोल र घर-घरमा नयाँ कार्यक्रम बनाउँदै हिँडेकी छिन् । भर्खरै संखुवासभाको चुनावी कार्यक्रम सिध्याएर नेता भट्टर्राई हिजो बेलुकी मात्र श्रीमतीलाई जिताउन राजधानी आएका हुन् । काठमाडौँ क्षेत्र नं. ७ बाट प्रत्यक्ष निर्वाचनमा उठेकी मन्त्री यमीकै निर्वाचन क्षेत्रमा आज माओवादी नेता भट्टर्राईले बुद्धिजीवी भेला गरेका छन् । आज अपरान हुने भेलामा बुद्धिजीवीसँग भट्टर्राईले अन्य पार्टी आफनो पार्टी चुनावी रणनीतिबारेमा छलफल गर्ने भएका छन् । साथै बुद्धिजीवीसँग माओवादीको चुनावी स्थितिका बारेमा पनि राय सङ्कलन गर्ने बताइएको छ ।

No comments: