Friday, March 14, 2008

निर्माण सामग्रीको मूल्य वृद्धि

सुनसरी - छड, सिमेन्ट, इट्टालगायत सबै किसिमका निर्माण सामग्रीको मूल्य बढेको छ ।
कच्चा पदार्थको मूल्य वृद्धि र विद्युत् आपूर्ति कटौतीले निर्माण सामग्री महगो भएको हो ।
एक साताअघिसम्म ६९ रुपैया प्रतिकिलोमा पाइने छड अहिले ७८ सम्म पर्छ । चार महिनाअघि छडको मूल्य प्रतिकिलो ५८ रुपैया थियो ।
कच्चा पदार्थको मूल्य वृद्धि र विद्युत् आपूर्ति कटौतीलगायत कारणले छडको मूल्य बढेको हो, सोनापुरस्थित पशुपति टीएमटी छड उद्योगका अशोक मुरारकाले भने । एक नम्बर इट्टाको भाउ पनि छ महिनाअघि प्रतिहजार ५ हजार रुपैया रहेकोमा ७ हजार पुगेको छ ।
इटहरीका इ“ट्टाभट्टा व्यवसायी खगेन्द्र श्रेष्ठले इन्धन, श्रम र भारतबाट ल्याउनुपर्ने कोइलाको लागतसगै इट्टाको मूल्य बढेको बताए ।
सुनसरी र मोरङमा दुइ दर्जनभन्दा बढी इट्टाभट्टा छन् । पछिल्लो समय भवन निर्माण बढेपछि उद्योगले मागअनुसार इट्टा आपूर्ति गर्न सकेका छैनन् ।
भारतको आसाम, मेघालयलगायत क्षेत्रबाट ल्याउनुपर्ने कोइलाको मूल्य तीन महिनायता २५ प्रतिशत बढेको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढेको र कामदार सुविधा थप गर्नुपरेकाले उत्पादन लागत २५ प्रतिशतसम्म वृद्धि भएको व्यवसायी बताउछन् ।
दुइ वर्षघि उत्पादन बिक्री नभएकाले सुनसरी र मोरङका एक दर्जन उद्योग बन्द भएका थिए । भारतमा समेत इट्टा निर्यात हुने गरेको छ ।
हरेक वस्तुमा भइरहेको वृद्धिसगै इट्टाको मूल्य आउदा एक वर्षा प्रतिहजार १० हजार रुपैया नजिक पुग्ने देखिन्छ, इट्टा व्यवसायी श्रेष्ठले भने ।
सुनसरी र मोरङका इट्टाभट्टाले मात्र वाषिर्क करोडौंको कारोबार गर्न थालेका छन् ।
कोसी इट्टा व्यवसायी संघका अनुसार सरकारले भ्याटमा समावेश गरेपछि स्वतः १३ प्रतिशत मूल्य बढेको छ । उनीहरूले पहिले सरकारलाई सामान्य करमात्र बुझाउदै आएका थिए । माग बढ्न थालेपछि सुनसरीमा मात्र दुइ थप इट्टा उद्योग स्थापना भएका छन् ।
विभिन्न संस्थाको चन्दा, क्लबद्वारा कर असुली, इन्धनको मूल्य वृद्धिले निर्माण सामग्री गिटी, बालुवा र ढुंगाको पनि २५ प्रतिशत मूल्य बढेको छ ।
कोसी ट्रक व्यवसायी संघका अध्यक्ष टीकाबहादुर खड्काले राजमार्गमा जथाभावी असुल गर्न थालिएको कर, स्थानीय विकास मन्त्रालयले असुल गर्ने राजस्व र पेट्रोलियमको मूल्य वृद्धिले गिटी र बालुवाको ढुवानी अझै बढ्ने बताए ।

No comments: