Thursday, March 13, 2008

थाहै नपाई मिर्गौला बिग्रिन सक्छ

काठमाडौं- नेपालमा पनि अन्य मुलुकमा झैं मिर्गौला रोगीको संख्या बढिरहेको भन्दै चिकित्सकहरूले वर्षा एक पटक मिर्गौला जाँचका लागि सुझाव दिएका छन् । तथ्यांकअनुसार नेपालमा करिब २७ लाख मिर्गौला रोगी छन्। तीमध्ये अधिकांशलाई आफूलाई रोग लागेको छ भन्ने नै थाहा छैन ।

मिर्गौला रोगका लक्षण गम्भीर अवस्थामा पुगेपछि मात्रै देख्न सकिन्छ । रोग अन्तिम अवस्थामा पुगेपछि त्यसको उपचार्रखर्च धान्न आमनेपालीको हैसियतले भेट्दैन, त्यसैले कम्तीमा वर्षा एक पटक सबैले आफनो पिसाब र रगत जँचाउन जरुरी छ’ -वरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवम् नेसनल किड्नी सेन्टरका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफले भन्नुहुन्छ । विशेषतः उच्च रक्तचाप, मधुमेह, नेपइटिस भएका व्यक्तिलाई मिर्गौलासम्बन्धी रोगले आक्रमण गर्ने बढी सम्भावना रहेको डाक्टरहरू बताउँछन् । मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले चिकित्सकसँग परामर्श लिई मुख बार्नुपर्छ’ -वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। रामकृष्ण दुलाल भन्नुहुन्छ।के तपाईंको मिर्गौला ठीक छ भन्ने नाराका साथ आज बिहीबार नेपाललगायत विश्वभरि तेस्रो विश्व मिर्गौला दिवस मनाइँदै छ।

No comments: