Friday, March 14, 2008

वैशाखमा चाइना ट्रेड फेयर

काठमाडौं - चाइना टेड फेयर वैशाख १३ देखि १६ सम्म वीरेन्द्र अन्तर्रर्ट्रय सम्मेलन केन्द्रमा आयोजना हुने नेपाल चीन कार्यकारी परिषद्ले बताएको छ । चिनिया दूतावाससमेत आयोजक रहने प्रदर्शनीमा चीनमा उत्पादित वस्तु प्रदर्शित हुनेछन् । यसको नेपाल-चीन चेम्बर अफ कमर्स, व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र चीन, नेपाल उद्योग वाणिज्य महासंघ र औषधि उत्पादक संघ सहआयोजक छन् । अटोमोबाइल, मोटरसाइकल, फर्निचर, घरेलु उपकरण, विद्युतीय उपकरण, मोबाइल फोनलगायत वस्तु प्रदर्शन गरिनेछन् ।
आयोजकका अनुसार ८० भन्दा बढी स्टल रहनेछन् । त्यसमध्ये २० भन्दा बढी चिनिया कम्पनी सहभागी हुनेछन् । चीनमा व्यवसाय गर्ने र लगानीकर्ता आकषिर्त गर्नसमेत कार्यक्रम लाभदायी हुने आयोजकको भनाइ छ । जलविद्युत् र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न इच्छुक व्यवसायी समेत यो कार्यक्रममा आउनेछन् ।

No comments: