Saturday, March 29, 2008

नमूना मतदान हुँदै

काठमाडौं- चैत २८ को संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा प्रयोग गरिनलागेको बिद्युतीय मतपेटिकाबारे मतदातालाई जानकारी दिन निर्वाचन आयोग काठमाडौंले नमूना मतदान गराउदैछ । चैत १६ गते बिहान १० बजेदेखि क्षेत्र नम्बर १ का १० वटा नमूना मतदान केन्द्रहरुमा मतदाताहरु लाईन लागेर मतदान गरिरहेका छन् । बेलुका ५ बजेसम्म मतदान गर्न पाउने ब्यवस्था गरिएको आयोगले बताएको छ ।
एउटा बिद्युतीय मतपेटिकामा १६ वटा मात्र चिन्ह अट्ने हुनाले अहिले संविधानसभा चुनावमा एक नम्बर क्षेत्रका प्रत्येक मतदान केन्द्रमा ४ वटा मतपेटिका राख्नुपर्छ । तर, नमूनाका लागि मात्र मतदान गराईएकाले आज मतदान केन्द्रमा तीन मतपेटिका मात्र राखिएको छ । आज राखिएको मतपेटिका ३७ चिन्ह राखिएका छन् ।
मतपेटिकामा अहिलेको चुनावमा प्रयोग हुने चिन्हहरु भने राखिएका छैनन् । यसैगरी, आजको मतदानको परिणाम पनि सार्वजनिक गरिनेछैन । आयोगले १० नमूना मतदान केन्द्रबाहेक १ नम्बर क्षेत्रका अरु चोकहरुमा पनि मतपेटिका तथा मतदान गर्ने तरिकाबारे खुला कक्षा चलाएको छ ।
स्रोत: हिमालखबर डट कम

No comments: