Thursday, March 27, 2008

सशस्त्र समूह वार्तामा तयार

काठमाडौं - तर्राईमा संघर्षरत चार सशस्त्र समूहले सरकारसग वार्ताका लागि औपचारिक पत्र पठाएका छन् । सरकारी वार्ता समितिको आमन्त्रण स्वीकार गर्दै उनीहरूले बुधबार पत्र पठाएका हुन् । मधेस मुक्ति टार्इगर्स, तर्राई कोब्रा, राजन मुक्ति अध्यक्ष रहेको जनतान्त्रिक तर्राई मुक्ति मोर्चा र पवन संयोजक रहेका संयुक्त जनतान्त्रिक मुक्ति मोर्चाले वार्ताका लागि पत्र प्राप्त गरेको र आफूहरू कुराकानीका लागि तयार रहेको प्रतिउत्तर पठाएका हुन् ।
पत्रमा वार्ता र छलफलको आधारमा तर्राईवासी, मधेसीहरूलाई विश्व मान्यताअनुरूप अधिकारहरू दिने सर्न्दर्भमा वार्ता गर्न तयार रहेको उल्लेख छ । चार सदस्यीय अधिकार सम्पन्न वार्ता समिति बनाएको जनाए पनि उनीहरूले टोलीको नाम र्सार्वजनिक गरेका छैनन् । पत्रमा सहजकर्तामार्फ वार्ताको मिति र स्थान बिहीबार तय गर्न आग्रह गरिएको छ ।
उनीहरूले वार्ताको वातावरण बनाउन आफ्ना बन्दी साथीहरूको रिहाइ र मुद्दा खारेजीको माग गरेका छन् । 'वार्ता समितिको सुरक्षाको जिम्मेवार सरकारको रहने र औपचारिक वार्ता सुरु नभएसम्म आन्दोलनको निर्धारित कार्यक्रम यथावत् रहने' पत्रमा छ ।

No comments: