Friday, March 28, 2008

पाकिस्तानी प्रधानमन्त्री ऐश्वर्याका फ्यान


पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री युसुफ रजा गिलानी पनि बलिउड सुन्दरी ऐश्वर्या रायका प्रशंसक रहेको रहस्योद्घाटन भएको छ। हालै मात्र पाकिस्तानको प्रधानमन्त्री पदको शपथ लिएका गिलानी ऐश्वर्याका फ्यान रहेको रहस्य उनी स्वयम्ले खोलेका हुन्। उनी ऐश्वर्याको खास अदा र सौर्न्दर्यबाट प्रभावित भएका हुन्। हालै मात्र पाकिस्तानी निजी टेलिभिजन च्यानल जीओ टीभीलाई दिएको अन्तरवार्तामा पाकिस्तानी प्रधानमन्त्री गिलानीले यो रहस्य खोलेका हुन्। अन्तरवार्तामा गिलानीले आफू जेलमा रहँदा आफ्नो ल्यापटपबाट ऐश्वर्याको चलचित्र छानी-छानी हेर्ने गरेको बताएका छन्। गिलानीले लता मंगेसकर आफूलाई मनपर्ने गायिका भएको पनि अन्तरवार्तामा बताए। ँजेलमा हुँदा म ल्यापटपमा ऐश्वर्या रायको फिल्म हेर्थें र लता मंगेसकरको गीत सुन्थें। म यो कुरा कबुल गर्न हिचकिचाउँदिन कि म ऐश्वर्या रायको जबर्जस्त फ्यान हुं’ -गिलानीले अन्तरवार्ताका क्रममा भनेका छन्।

No comments: