Friday, March 7, 2008

बिहीबारदेखि सराङ्कोट महोत्सव

कास्की - पर्यटन प्रवर्द्वनका लागि पोखराको पर्यटकीयस्थलमा हिजो बिहीबारदेखि सराङ्कोट महोत्सव सुरु भएको छ । सराङ्कोट क्षेत्रमा रहेका स्थलको प्रचार-प्रसार गरी पर्यटक आकषिर्त गर्ने उद्देश्यले आयोजित महोत्सव आगामी २५ गतेसम्म सञ्चालन हुनेछ ।
पोखरादेखि ४ किलोमिटर उत्तर पश्चिममा पर्ने महोत्सव स्थलबाट पोखरा उपत्यका, फेवाताल, अन्नपूण हिमशृङ्खला र सूर्योदयको आर्कषक र मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
स्थानीय घरेलु उत्पादन, हस्तकला, कृषिर्का १३ स्टल राखिएको महोत्सवमा १ करोड रुपया बराबरको कारोबार गर्ने लक्ष्य आयोजकको छ ।
आन्तरिक र बाह्रय पर्यटकलाई आकषिर्त गर्ने उद्देश्यले महोत्सव गरिएको आयोजक स्मृति युवा क्लबका अध्यक्ष सोवित बानियाले जानकारी दिए ।
महोत्सवको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठले उद्घाटन गरेका थिए ।

No comments: