Thursday, March 20, 2008

राज्यसत्ता कब्जा गर्न खोज्नेसँग झुक्दैनौं : सेना

काठमाडौं- माओवादी अध्यक्ष् प्रचण्ड र प्रधान सेनापति रुक्मांगद कटवालबीच भेटवार्ता भएको भन्ने माओवादी भनाइतर्फलक्षित गर्दै नेपाली सेनाले घुमाउरो शैलीमा माओवादीसँग नझुक्ने र सम्झौता नगर्ने बताएको छ ।

माओवादी नेता अग्नि सापकोटाले बुधबार एक कार्यक्रममा सो भेटघाट भएको जनाएका थिए । नेपाली सेना नेपालको भौगोलिक अखण्डता र र्सार्वभौमिकतामाथि खेलबाड गर्ने, प्रजातान्त्रिक पद्धतिविरुद्ध हतियार उठाउने र हतियारको राजनीतिमा विश्वास गर्दै प्रजातान्त्रिक पद्धतिलाई हतियारकै बलमा निर्देशित गर्न खोज्ने एवम् वर्तमान विश्वपरिवेशमा आतंकवाद, अतिवाद र उग्रवादमा विश्वास राख्दै त्यसैको आधारमा राज्यसत्ता कब्जा गर्न खोज्ने कुनै पनि तत्त्वसँग झुक्दैन र सम्झौता पनि गर्दैन’ -सैनिक जनसर्म्पर्क निर्देशनालयले बिहीबार नेपाली सेनाको अपिल’ शीषकमा जारी गरेको वक्तव्यमा उल्लेख छ ।

राष्ट्रमा अशान्ति र अस्थिरता कायमै राखी आफना कुत्सित स्वार्थ पूरा गर्ने दुष्प्रयासमा तल्लीन केही तत्त्वहरूले आफना कमीकमजोरी लुकाउन नेपाली सेनाका बारेमा आधारहीन चर्चा गरेर यसको नेतृत्ववर्गलाई समेत राजनीतिक विवादमा तान्न गरिरहेको कुचेष्टाको नेपाली सेना घोर भर्त्सना गर्दछ’, अपिलमा भनिएको छ- नेपाली सेनाको नाम जोडेर गलत प्रचारबाजी गर्ने क्रमलाई तत्काल अन्त्य गर्न सम्बन्धितहरूलाई बेलैमा स्पष्ट रूपमा सचेत तुल्याउँछ ।’ सो अपिलमा माओवादीको नाम भने उल्लेख गरिएको छैन।

No comments: