Friday, March 7, 2008

कान्तिपुरको गाडीमा आगजनी

काठमाडौँ- सप्तरीको वमनगामापट्टी गाविसमा आज बिहान अज्ञात समूहले कान्तिपुर पब्लिकेसनको गाडीमा आगजनी गरी क्षति पुर्याएको छ । विराटनगरबाट बिहान पत्रिका बोकेर राजविराजतर्फ जाँदै गरेको कान्तिपुरको ज.१च ५८७ नम्बरको टाटा पिकअप गाडीलाई नौ/दस जनाको हतियारधारी समूहले वमनगामापट्टी गाविसस्थित मैसापुर सडकखण्डमा रोकेर आगजनी गरेका छन् ।

सो समूहले गाडीका चालक र कर्मचारीलाई ओरालेर आगजनी गर्दा पाँच हजार थानभन्दा बढी पत्रिका जल्नुका साथै गाडीको पछाडिको भाग क्षतिग्रस्त भएको छ ।

त्यस्तै हतियारधारी समूहले गएराति सप्तरीका होटेल सञ्चालक मख्खन पोखरेलको अपहरण गरेको छ । राति नौ/दस जनाको सङ्ख्यामा आएका हतियारधारीले सप्तरी रुपनगर गाविस-७ निवासी पोखरेललाई हाइवे प्वाइन्ट लाइन होटेलबाट अपहरण गरी लगेको पीडितका परिवारले बताएका छन् ।

No comments: