Friday, March 7, 2008

मधेसी समुदाय सेनाभन्दा प्रहरीमा आकषिर्त

वीरगन्ज - पछिल्लो छनोट प्रक्रियालाई नेपाली सेनाले समावेशी बनाउन खोजे पनि उपेक्षित भनिएका समुदायको सैनिक सेवाप्रति पर्याप्त अभिरुचि देखिएको छैन । खासगरी मधेसी समुदाय सैनिक से वाप्रति आकषिर्त नभएको सेना मुख्यालयको भनाइ छ । प्रहरी सेवामा भने मधेसी समुदाय निकै आकषिर्त पाइएका छन् ।
मधेसका क्षेत्रीय दलहरूले सेनामा आफ्नो समुदायको सहभागितालाई प्रमुख मुद्दा बनाएका छन् । सरकार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच हालै सम्पन्न सम्झौतामा मधेसी लगायतका समुदायको नेपाली से नामा प्रवेश ग्यारेन्टी गर्ने उल्लेख छ ।

अधिकतम संख्यामा मधेसी युवा भर्ना गर्ने उद्देश्यले र्सलाहीको नवलपुरस्थित अर्जुनबाण गणमा भर्ना लिइएको थियो । मुख्यालय स्रोतका अनुसार १ हजार ७ सय ३३ जनाले आवेदन गरेकोमा १ सय ९३ मात्र मधेसी थिए । १ सय ७१ आदिवासी -थारू, दनुवार), ४ सय ६८ जनजाति, ६१ प्ाहाडे दलित

थिए भने र्सवाधिक ८ सय ४० बाहुन, क्षेत्री थिए ।

गणले बुधबार प्रकाशित गरेको अन्तिम नतिजाअनुसार २३ मधेसी, २८ आदिवासी, ५४ जनजाति, ८ दलित तथा ८ सय ४० बाहुन, क्षेत्री तालिमका लागि छनोट भएका छन् । कुल आवेदकमध्ये मधेसी, जनजाति, दलितका १२/१२ प्रतिशत छनोट भएका छन् । बाहुन, क्षेत्री २० र आदिवासी १७ प्रतिशत छनोट भएका छन् । 'आवेदकमै मधेसीहरूको संख्या न्यून भएकाले छनोट संख्या पनि स्वतः कम भयो,' सैन्य स्रोतले भन्यो ।

त्यस्तै मुख्यालयमै हालै लिइएको अधिकृत तहको परीक्षा पनि आवेदकमध्ये ८ प्रतिशतमात्र मधेसी समुदायका थिए । स्रोतका अनुसार ४ हजार ९ सय ९३ मध्ये ७६ जना मधेसी आवेदक थिए । मधेसी समुदायभन्दा बढी १ सय १० जनाको आवेदन पहाडे दलित समुदायबाट परेको थियो । सबैभन्दा बढी बाहुन, क्षेत्री समूहबाट ३ हजार ८ सय ८३ -७६ प्रतिशत) आवेदन परेको थियो भने जनजातिबाट १ हजार १ सय २९

-१३ प्रतिशत) को आवेदन परेको थियो । भर्ना छनोटको अन्तिम नतिजा आउन बा“की छ ।

सरकारले सेनामा ४५ प्रतिशत आरक्षण गर्ने निर्ण्र्ाागरे पनि कानुन संशोधनलगायतका गृहकार्य पूरा भइसकेको छैन । सेना प्रवेशमा मधेसी समुदायलाई अघोषित प्रतिबन्ध लगाइएको मधेसवादी दलहरूको आरोप छ ।

No comments: