Friday, March 14, 2008

चैत २० देखि विद्यालय बिदा

रासस
काठमाडौं- शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालयमा राखिएका मतदान केन्द्रका लागि स्थान उपलब्ध गराउन र मतदानमा खटिने शिक्षकलाई विद्यालयको नियमित शिक्षण कार्यबाट मुक्त हुन सकिने अवस्था सिर्जना गर्न चैत २० गतेदेखि आगामी २०६५ वैशाख ३ गतेसम्म विद्यालय बिदा गर्ने निर्णया गरेको छ । सो बिदा शुरू हुनुअघि विद्यालयबाट लिइने कक्षागत वाषिर्क परीक्षा सम्पन्न गरिसक्न र उक्त १४ दिनको बिदालाई विद्यालयले पाउने वर्षो वा हिउँ देबिदामा समायोजन गर्नसमेत सबै विद्यालयलाई मन्त्रालयले अनुरोध गरेको छ ।

No comments: