Friday, March 28, 2008

एसएलसी सकियो

काठमाडौं - संबिधान सभाको चुनाबले गर्दा गएका बर्षहरुमा भन्दा एकहप्ता छिटो शुरु भएको एसएलसी परीक्षा हिजो सकिएको छ । यसपालिको एसएलसीमा तीन लाख ७९ हजार ३ सय ७७ परीक्षार्थीहरु सहभागी रहे । उनीहरुका लागि एक हजार दुइ सय ९९ परीक्षा केन्द्र तोकिएको थियो । परीक्षार्थीमध्ये नियमिततर्फ ३ लाख १९ हजार ५ सय ३२ र एक्जाम्टेडतर्फ ५९ हजार ८ सय ४५ थिए।
दूरशिक्षाबाट देशभरिका पाँच विद्यालयका एक सय १२ विद्यार्थी पनि यस वर्षएसएलसी परीक्षामा सहभागी रहे । दुइ विदेशी परीक्षार्थीर्ले पनि यसपटक एसएलसी परीक्षा दिएका छन् । सुरक्षाका लागि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसअघिका वर्षरुमा बिहान ७ बजेदेखि परीक्षा सुरु हुने गरेको भए पनि यसपालि ८ बजेदेखि सुरु गरिएको थियो । त्यसैगरी गएका वर्ष चैतको दोस्रो हप्तादेखि हुने गरेको एसएलसी परीक्षा यसपालि केही छिटो सुरु गरिएको हो । यसपटक शिक्षकहरुलाई पनि चुनावमा खटाइएको छ ।

No comments: