Sunday, March 2, 2008

स्नातकोत्तरपछि स्वयंसेवक शिक्षक

रासस
मध्यपुर थिमि - स्नातकोत्तर उत्तीर्ण गरेर रोजगारी नपाएका युवालाई सरकारले यस वर्षेखि स्वयंसेवक शिक्षकका रूपमा गाउगाउका विद्यालयमा पठाउने भएको छ । यसका लागि विश्वविद्यालय अनुदान आयोगअर्न्तर्गत राष्ट्रिय स्वयंसेवक सेवा तयारी समिति गठन गरी व्यवस्थापन गर्न निर्देशिका तयार पारिएको छ ।
समितिले यसका लागि अध्ययन अनुसन्धान गरी केही दिनभित्रै रिपोर्ट बुझाउने र त्यसमाथि शिक्षा मन्त्रालयसहित सम्बन्धित निकायहरूबीच छलफल गरिने आयोगका अध्यक्ष डा. कमलकृष्ण जोशीले जानकारी दिए । स्नातकोत्तर गर्ने युवाबीच प्रतिस्पर्धा गर्राई छनोट गरिने उनले बताए ।
के-कतिलाई पठाउने भन्नेबारे भने निर्णय भएको छैन । हरेकले गाउमा दस महिना बस्नुपर्ने छ । समितिले अन्तिमरूप दिएको स्वयंसेवक परिचालनको ढाचा एवं निर्देशिका केही दिनमै छलफलमा ल्याइने र यसै वर्षेखि लागू गरिनेछ । यस्ता शिक्षकले गाउमा बस्दा शिक्षकको विषयगत रूपमा समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक क्षेत्रको अध्ययन गर्नुपर्नेछ ।

No comments: