Thursday, March 13, 2008

कान्तिपुर कार्यालयमा विस्फोट

विराटनगर - कान्तिपुर पब्लिकेसन्सको विराटनगर क्षेत्रीय कार्यालयमा बुधबार साझ बम विस्फोट गराइएको छ । उपमहानगरपालिका-४ मा रहेको पब्लिकेसन्स कार्यालयमा साझ ७:२५ मा भएको विस्फोटले क्षति भने भएन । विस्फोटका बेला लोडसेडिङ थियो । लगत्तै पुगेका प्रहरीका अनुसार सकेट बम विस्फोट गराइएको हो । कार्यालय भवनको दक्षिण पट्टीबाट फ्याकियेको बम गोदाम घरनजिक विस्फोट भएको थियो ।

No comments: