Tuesday, March 25, 2008

इयूका ४० पर्यवेक्षक नेपालमा

काठमाडौं - युरोपेली संघ (इयू) का चालीस निर्वाचन पर्यवेक्षक नेपाल गयेका छन् । इयू पर्यवेक्षण मिसनको नेतृत्व युरोपेली संसद्का डच सदस्य जान मुल्डरले गरेका छन् । उनीहरूलाई मंगलबार दुइ-दुइ जनाको समूहमा नेपालभर खटाइने जानकारी इयू चुनावी पर्यवेक्षण मिसनले दिएको छ ।
इयू पर्यवेक्षकले ६२ जिल्ला समेट्ने छन् । थप दुई डुलुवा टोलीले अरू कम सुगम जिल्लाको भ्रमण गर्ने जानकारी मिसनले सोमबार जारी विज्ञप्तिमा छ ।

No comments: