Monday, March 3, 2008

अनमिनको हेलिकप्टर दुर्घटना

रामेछाप - नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन -अनमिनको हेलिकप्टर सोमबार रामेछापको बेथानमा दुघटनाग्रस्त हुदा १० जनाको मृत्यु भएको छ । त्यसमा सवार दुइ जनाको अवस्था अज्ञात छ । हेलिकप्टरमा १२ जना थिए । प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा चालक दलका सदस्यहरू रोइसेन्को, मेलिसेभ र प्राविधिक एन्सिकोभ कर्मचारीहरू राजेश महर्जन, भीमबहादुर गुरुङ, रवीन्द्र खनिया, मेस्नोरिभोल्ड, टारेभेजोम्थ, ह्योङ जुन्रापार्क, सोन्डा ङरिवन छन् ।
उद्धारकार्यमा खटिएका बेथान उच्च माध्यमिक विद्यालयका शिक्षक दीपक उप्रेतीका अनुसार मृत्यु भएका अधिकांशको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । कसैको पनि पहिचान हुन सकेको छैन । स्थानीय बासिन्दाले बल्दै गरेको हेलिकप्टरबाट शव निकालेका थिए ।
सिन्धुलीको दुधौलीबाट काठमाडौं जादै गरेको एमआई-१७ हेलिकप्टर आकाशमै आगो लागेर झरेको प्रत्यक्षदर्शीले बताए । उनीहरूका अनुसार चट्याङ लागेर हेलिकप्टरमा आगलागी भएको हो । अपराह्न साढे ४ बजे राजधानी आइपुग्नुपर्ने हेलिकप्टर ४ बजेर ६ मिनेटसम्म सर्म्पर्कमा रहेको उड्डयन प्राधिकरणले जनाएको छ । हेलिकप्टर खस्नेबित्तिकै स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका
थिए । करिब ६० जना उद्धारकर्मीले साझसम्म घटनास्थलमा थप खोजी कार्य जारी राखेका छन् । हेलिकप्टरमा साझ अबेरसम्म आगो बलिरहेको उद्धारमा संलग्न स्थानीयवासीले बताए । मौसम प्रतिकूल भएकाले उद्धारका लागि थप जनशक्ति पुग्न कठिन भएको छ । नजिकको बेथान प्रहरी कार्यालयबाट सात जना प्रहरी घटनास्थल पुगेका छन् ।
गृह मन्त्रालयले काठमाडौंमा प्रेस विज्ञप्ति मार्फ घटनास्थलको मौसम प्रतिकूल रहेको र मौसममा सुधार हुनासाथ थप उद्धार टोली पठाउन तयारी अवस्थामा राखिएको जनाएको छ । सदरमुकाम मन्थलीबाट १२ कोस पश्चिमको काभ्रेसग सीमा जोडिएको क्षेत्रमा भएको उक्त दुघटनामा सवार सबैको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच अनमिनले विज्ञप्ति जारी गरी उक्त हेलिकप्टरसग दिउसो ४ बजे सर्म्पर्क विच्छेद भएको जनाएको छ । दर्ुघटनाबारे तथ्य सूचना संकलन गर्न दुघटनास्थलतर्फआफ्नो टोली गाडीबाट पठाएको उसले जनाएको छ । 'अनमिन यस सम्बन्धमा अहिले नै थप जानकारी दिने अवस्थामा छैन,' विज्ञप्तिमा भनिएको छ- 'तथ्य सूचना प्राप्त हुनासाथ नियमित रूपमा जानकारी प्रदान गर्दै जानेछ ।'

No comments: