Thursday, March 13, 2008

उत्कृष्ट तीनमा प्रकृति

दार्जिलिङ - अर्को सांगीतिक प्रतिस्पर्धाले फेरि यो मनोरम पहाडी थलोलाई चर्चामा ल्याउदै छ । इन्डियन आइडलमा प्रशान्त तामाङको विजयपछि भ्वाइस अफ इन्डियाको फुच्चाहरूको प्रतिस्पर्धामा प्रकृति गिरी 'टप थ्री' मा उक्लिएकी छन् ।
स्टारप्लसबाट प्रसारित 'छोटे उस्ताद' मा १२ वषीया प्रकृतिको सफलतासगै भोटमा सघाउन दार्जिलिङवासी उत्साहित भएका छन् । उनलाई विजेता बनाउन विभिन्न फ्यान क्लब, स्कुल, संघसंस्था, राजनीतिकर्मी, व्यापारी, पेसाकर्मी, चिया मजदुर र जनसाधारणसमेत सक्रिय छन् । उनीहरूले एसएमएस खर्च जुटाउन रातदिन खटिरहेका छन् । गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले २५ हजार रुपैया प्रदान गरेका छन् । उनको स्कुल लरेटो कन्भेन्टले १७ हजार, घुमबोइस स्कुलले ७ हजार, सन्त र्रबर्टस् स्कुलले ले ६ हजार ५ सय प्रदान गरेका छन् ।

No comments: