Friday, January 18, 2008

सीमाक्षेत्रमा बर्डफलुको त्रास

काठमाडौं- सरकारले बर्डफलु (एभिएन इनफलुएन्जा) भित्रिन नदिन विशेष गरी पूवाञ्चल र भारतसँग सिमाना जोडिएका क्षेत्रमा उच्च र्सतर्कता अपनाइएको छ । छिमेकी भारतको पश्चिम बंगाल राज्यका केही भागमा बर्डफलु देखापरेपछि सरकारले त्यस्तो र्सतर्कता अपनाएको हो ।
पश्चिम बंगालसँग सिमाना जोडिएका इलाम र झापामा विशेष र्सतर्कता अपनाइएको छ भने भारतका विभिन्न स्थानबाट ल्याइने जीवित पन्छी, उत्पादन सामग्री, पन्छीजन्य पदार्थ मासु, अन्डा र भ्याक्सिन आयातमा प्रतिबन्ध लगाइएको छ।स्वास्थ्य सेवा विभाग एवम् पशु स्वास्थ्य विभागअर्न्तर्गत एभिएन इन्फलुएन्जा नियन्त्रण आयोजनाहरूले मातहतका कार्यालयलाई स्थानीय प्रशासन, सुरक्षानिकाय एवम् विशेषज्ञको सहयोगमा निगरानी तथा उपचारमा आवश्यक पर्ने पूवतयारी अपनाउन निर्देशन दिएका छन्।स्वास्थ्य सेवा विभागअर्न्तर्गत एभियन एन्फलुएन्जा नियन्त्रण आयोजना प्रमुख डा. मानस बनर्जीले उच्च र्सतर्कता बढाएको बताउनुभयो। उहा“का अनुसार पूवाञ्चल क्षेत्रीय निर्देशनालयलाई मातहतका अञ्चल जिल्ला अस्पतालहरू प्राथमिक स्वास्थ्य केन्द्रलगायत अन्य स्वास्थ्य संस्थामा बर्डफलुसम्बन्धी पूवतयारी अपनाउन निर्देशन दिइएको छ। जसअनुसार ती क्षेत्रमा बिरामी जा“च्ने, कुखुरामा रोग परीक्षण गर्ने, मानिसलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण ँप्रोटेक्टिभ सुट’ अर्न्तर्गत पन्जा, मास्क, सेफटी गगल्स र इन्फेक्सनजस्ता सामान नभएकाले तत्काललाई ँटा“भीफलु’ नामक औषधि पठाइएको छ।विभागले केही दिनयता एकै स्थानमा पाँचभन्दा बढी व्यक्तिमा ँइन्फलुएन्जा लाइक इलनेस’ का बिरामी भेटिएमा उनीहरू कुखुरा र्फम वा घरमा पालिएका पन्छीको प्रत्यक्ष सर्म्पर्कमा भए/नभएको यकिन गरी केन्द्रमा खबर गर्न भनेको छ।

No comments: