Tuesday, January 22, 2008

'दुइ दिनभित्र नयाँ सुरक्षा रणनीति'

नेपाल स्वतन्त्र समाचार सेवा
विराटनगर- गृह राज्यमन्त्री रामकुमार चौधरीले दुइ दिनभित्र संविधानसभा चुनावका लागि नयाँ सुरक्षा रणनीति सार्वजनिक गरिने बताएका छन् । "यसबारे छलफल भइरहेको छ"- उनले भने- "दुइ दिनभित्र नयाँ रणनीति र्सार्वजनिक हुनेछ ।" विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त राज्यमन्त्री चौधरीले सिरहा र सप्तरीलगायत तर्राईका जिल्लाहरुमा छिट्टै थप प्रहरी चौकीहरु स्थापना गरी शान्तिसुरक्षाको अवस्था सुदृढ गरिने जानकारी दिए ।
तर्राईमा क्रियाशील व्रि्रोहीहरुलाई वार्तामा बोलाउँदै उनले चैतमा हुने संविधानसभाको चुनाव बिथोल्न खोज्नेविरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुने चेतावनी पनि दिए । उनी आजै गृह जिल्ला सप्तरी गएका छन् ।

No comments: