Sunday, January 27, 2008

यातायात अवरुद्ध हुँदा शालीनदीका तीथालु बिचल्लीमा

काठमाडौँ-माइक्रोबसले तीनवटा स्कुटरलाई ठक्कर दिएको घटनापछि अवरुद्ध बनेको साँखु क्षेत्रको यातायात आज बिहानदेखि सुचारु बनेको छ । बा१ख ९५९८ नम्बरको माइक्रोबसले तीनवटा स्कुटरलाई ठक्कर दिँदा तीन स्कुटर चालक घाइते भएका थिए । सो घटनापछि आक्रोशित स्थानीय बासिन्दाले सडक अवरुद्ध तुल्याएका थिए । सो घटनापछि शालीनदीमा मेला भर्न गएका तीथालु बिचल्लीमा परेका थिए।यही माघ ८ गतेदेखि शालीनदीमा लागेको मेलामा जाने तीथालुको सङ्ख्या हिजो निकै बढी थियो । अत्यधिक गतिमा गुडेको माइक्रोबसको ठक्करबाट भएका घाइतेको साँखुकै स्थानीय अस्पतालमा उपचार भइरहेको बताइन्छ । अवरुद्ध सडक आज बिहानदेखि सुचारु भएको प्रहरीले जनाएको छ ।

No comments: