Thursday, January 24, 2008

कलङ्कीमा ग्याँस सिलिन्डर विस्फोट, तीन घाइते

काठमाडौँ- आज बिहान कलङ्कीस्थित खड्का गाउँमा ग्याँस सिलिन्डर फेर्ने क्रममा ग्याँस विस्फोट हुँदा तीन जना घाइते भएका छन् । माधव खड्काको घरमा बिहान भएको उक्त विस्फोटमा परी रेजिना श्रेष्ठ, सुरेश भण्डारी र मीना सुवेदी घाइते भएका छन् । घाइते तीनै जनालाई उपचार्रार्थ अस्पताल लगिएको छ। घाइतेमध्ये रेजिनाको अवस्था गम्भीर रहेको छ । ग्याँस सिलिन्डर विस्फोट भएको कोठाको भ\mयालका सिसा पूरै फुटेका छन् ।

No comments: