Sunday, January 27, 2008

ड्रिंक्स पार्टीमा पर्यटकको मृत्यु

काठमाडौँ - राजधानीमा गएराति अत्यधिक मादक पदार्थ सेवन गर्दा एक अमेरिकी नागरिकसहित तीनजनाको बेहोस भई मृत्यु भएको छ । ठमेल नरसिंहचोकस्थित डेलासोल रेष्टुरेन्टमा गएराति अत्यधिक मादक पदार्थ सेवन गर्दा एक अमेरिकी युवकको मृत्यु भएको छ ।
रेष्टुरेन्टमा गएराति आयोजना गरिएको ड्रिंक पार्टीमा सहभागि २२ वषीय वाराही मनी नाम गरेका अमेरिकी युवक अत्यधिक मादक पदार्थ सेवन गर्दा बेहोस भएका थिए । बेहोस वाराहीलाई रेष्टुरेन्टका सुरक्षागार्ड विकासले उपचार्रार्थ वीर अस्पताल ल्याउँदै गर्दा बाटोमै बिहान ४:३५ बजे उनको मृत्यु भयो । प्रहरीले पार्टी संचालन गर्ने ३ जना र रेष्टुरेन्टका कामदार ३ गरी ६ जनालाई पक्राउ गरी घटनाका वारे अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यस्तै, महानगरपालिका-२९ बागबजारस्थित श्रेष्ठ टेलरिङ जाने गल्लीमा आज बिहान पौने ५ बजे एक युवक मृत अवस्थामा भेटिएका छन् । नाम, वतन नखुलेका अन्दाजी ३० वषीय ती युवकले अत्यधिक मादक पदार्थ सेव गरी बेहोस अवस्थामै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जाँड खाएर लडेका ती युवक बिहानको चिसोका कारण कठाग्रिएर मृत्यु भएको आशंका प्रहरीले गरेको छ । त्यस्तै, रामेछाप दुरागाउँ गाविस-७ घर भई छाउनीमा डेरा बस्दै आएका एक युवकको आज बिहान डेरा कोठामा बेहोस भई मृत्यु भएको छ । २२ वषीय रोसन परियार डेरामा बेहोस भएपछि निजका साथीले उपचार्रार्थ अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अत्यधिक मादक पदार्थ सेवन गरेको कारण परियारको मृत्यु भएको आशंका प्रहरीले गरेको छ ।

No comments: