Sunday, January 27, 2008

नक्कली लाइसेन्स बेच्ने गिरोहका नाइके पक्राउ

मध्यपुर ठिमी- अञ्चल यातायात व्यवस्था कार्यालय वाग्मतीको लोगो, नगद रसिद, लेटरप्याड र स्ट्याम्प प्रयोग गरी नक्कली सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्ने गिरोहका नाइकेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीमा नक्कली लाइसेन्स प्रयोगकर्ता खलासी श्यामसुन्दर सुवाल अन्य दुइ चालक र यातायात कार्यालय एकान्तकुनाका सुरक्षागार्ड नानीराम पोखरेलले पक्राउपछि दिएको बयानका आधारमा ललितपुर उपमहानगरपालिका-१३ का शिवप्रसाद गजुरेल शुक्रबार पक्राउ परेको ठिमीका प्रहरी निरीक्ष्ँक रेशम श्रेष्ठले जानकारी दिए । यसअघि पक्राउ परेका चार जनाको बयानका आधारमा प्रहरीको खोजीमा परेका ललितपुर कुसुन्तीका ३५ वषीय गजुरेललाई यातायात कार्यालय अगाडिबाट नक्कली लाइसेन्स बनाउन प्रयोग गरिने भारी सामानसहित सिभिलमा गएका प्रहरीले पक्राउ गरी ठिमी ल्याएको प्रहरीले जनाएको छ ।

No comments: