Thursday, January 24, 2008

पम्पले डिजेल र मट्टीतेल बेचेनन

काठमाडौँ- पेट्रोल पम्पले बढी मूल्यमा खरिद गरेको डिजेल र मट्टीतेलको रकम फिर्ता नपाएको भन्दै आज बिहानदेखि नै ती पदार्थ बेचेका छैनन् । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि चर्को विरोधपछि हिजो फिर्ता लिएको छ तर बिक्रेताले निगमबाट बढी मूल्यमा खरिद गरेको डिजेल र मट्टीतेलको मूल्य आयल निगमले फिर्ता दिन आनाकानी गरेको नेपाल पेट्रोलियम डिलर एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अध्यक्ष शिवप्रसाद घिमिरेले बिक्रेताबाट लिएको बढी मूल्य फिर्ता गर्न निगमले आनाकानी गरेकाले आज सम्पूण पम्पले डिजेल र मट्टीतेल बिक्री नगरेको बताउनुभयो । तर पेट्रोल भने सबै पम्पबाट नियमित रूपमा बिक्री भइरहेको बताइएको छ । आज बिहानैदेखि राजधानीका पम्पमा सवारीसाधनको लाइन लागे पनि गाडीवालाले डिजेल भने पाउन सकेनन् । निजी पम्पले डिजेल छैन भनी बोर्ड झुन्ड्याएका थिए भने साझा, सैनिक र प्रहरीका पम्पबाट मात्रै डिजेल वितरण गरिएको देखिन्थ्यो । चर्को विरोधपछि डिजेल, मट्टीतेल र ग्याँसको मूल्यवृद्धि फिर्ता भएको छ तर बजारमा ती वस्तुको अभाव भएको पाइएको छ ।

No comments: