Thursday, January 24, 2008

तर्राईमा आन्दोलन, आज जनकपुर बन्द

नेपाली काङ्ग्रेसले प्रहरी लगाएर ज्यादती गरेको भन्दै आज तर्राईमा सङ्र्घष्रत केही सङ्गठनले जनकपुर बन्द गरेका छन् । बन्दकर्ता मधेसी जनाधिकार फोरम र संयुक्त लोकतान्त्रिक तर्राई मुक्तिमोर्चालगायतका सङ्घ-संस्थाले जनकपुरका प्रमुख चोकमा बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
आज बिहानैदेखि नै जनकपुरका जिरोमाइल, रामानन्दचोक बिडारी चोकलगायतका ठाउँमा प्रदर्शनकारीले टायर बालेर पर््रदर्शन गरिरहेका छन् । आजको बन्दमा शिक्षण संस्थाका साधन भने चलाउन दिने बन्द आ≈वानकर्ताले बताएका छन् । हिजो नेपाली काङ्ग्रेसका उपसभापति सुशील कोइराला र काङ्ग्रेस महामन्त्री विमलेन्द्र निधिले जनकपुरमा गरेको कार्यकर्ता भेटघाटका बेला तर्राईमा आन्दोलनरत पार्टी गरेको प्रदर्शनमा प्रहरीले व्यापक लाठीचार्ज र अश्रुग्याँस प्रहार गरी ज्यादती गरिएको उनीहरूले बताएका छन् । यसैबीच तर्राईमा आन्दोलन गर्दैआएका मधेसी जनअधिकार फोरम, सद्भावना महतोको समूहले हिजोदेखि शैक्षिक संस्था बन्द र सरकारी कार्यालयमा तालाबन्दी सुरु गरेका छन् ।माघ महिनाभरि तर्राईमा जुलुस, चक्काजामलगायतका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका ती समूहले हिजोदेखि मोरङका सम्पूण शैक्षिक संस्था ठप्प तुल्याएका छन् ।

No comments: