Tuesday, January 15, 2008

चाकुको बासनाले मग्मगाएको टोखा

टोखा- चाकुका लागि ख्याति कमाएको टोखाका बासिन्दालाई पुसको पहिलो सातादेखि सुरु भएको चटारो आजबाट केही कम भएको छ । हरेक वर्षमाघी आउनुअघि यहाँका स्थानीयवासी पुख्र्यौली पेसा चाकु बनाउन जुट्छन् । महिनैभरि टोखा चाकुको बासनाले मग्मगाउँछ।टोखाको चाकु भनेपछि मरिहत्ते गर्ने ग्राहकमा अझै कमी आएको छैन ।
राजधानी र बाहिरसमेत टोखाको चाकु वर्षौदेखि लोकप्रिय छ । यही लोकप्रियताले यहाँका मानिसलाई भ्याइनभ्याई बनाउँछ । वर्षौंदेखि चाकु बनाउँदै आएकी अञ्जु श्रेष्ठ भन्छिन्- टोखाको चाकु भनेपछि सबैको मुख रसाउँछ । चाकु बनाउने पेसाबाट हाम्रो संस्कृति पनि जोगिएको छ, गुजारा चलाउन पनि सजिलो भएको छ । माघेसङ्क्रान्तिमा घिउ, चाकु, तीलको लड्डु र तरुल खानुपर्ने चलन छ । यसले चाकु व्यवसायीलाई वर्षो एकपटक राम्रै आम्दानी दिलाउँछ । चाकु व्यापारी सुरेन्द्र महर्जन भन्छन्- चाकु बनाउने सख्खर पनि नजिकै पाइन्छ, यो बेला व्यापार पनि राम्रो हुन्छ । टोखाका २०/५० घर परिवारले वर्षौंदेखि चाकु बनाउने पेसा अँगाल्दैआएका छन् ।

No comments: