Tuesday, January 15, 2008

जङ्गलमा यात्रुबस लुटियो

काठमाडौँ- काठमाडौँबाट उदयपुर्रतर्फ जाँदैगरेको एउटा यात्रुवाहक बस डाँकाले गएराति रौतहटको लमाहा जङ्गलमा लुटेका छन्। नम्बर खुल्न नसकेको सीता यातायातको सो बस लुट्ने क्रममा डाँकाले चलाएको गोली लागी गाईघाटका नवराज अधिकारी घाइते भएको बताइएको छ। लुटेराले बसका यात्रुबाट २० हजार नगद लुटिलगेका छन्। बस लुटिएको जानकारी पाउनेबित्तिकै इलाका चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोली घटनास्थल आइपुग्दा डाँका दर्जनौँ राउन्ड हवाइफायर गर्दै जङ्गलतिर भागेको प्रहरीले जनाएको छ।

No comments: