Sunday, January 20, 2008

दुघटनाले राजमार्ग बन्द

काठमाडौँ- गएराति सिन्धुपाल्चोकको सुकुटेमा जिप र मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको घटनालाई लिएर आज स्थानीयवासीले अरनिको राजमार्ग ठप्प पारेका छन् । हिजो राति पौने ८ बजे काठमाडौँतर्फ आउँदै गरेको बा.४च ९५९७ नम्बरको सेतो बोलेरो जिपले विपरीत दिशातर्फबाट जाँदै गरेको बा.२२प २१८७ नम्बरको कालो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुइमध्ये एकको मृत्यु भएको र अर्का गम्भीर घाइते भएका छन् । घटनामा सुरेश श्रेष्ठको मृत्यु भएको छ भने जोनी प्रधान घाइते भएका छन् । दुवै सिन्धुपाल्चोक लामासाँघुका स्थानीयवासी हुन् । जिप तीव्र गतिमा गुडेका कारण सो दुघटना भएको जनाइएको छ। अहिले जिपचालक प्रहरी नियन्त्रणमा रहेका छन्।

No comments: